अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आए

न्युज कारखाना
  • ख-
  • ख+

धनगढी, ५ असोज

स्वास्थ्य क्षेत्र सुधारको माग विगत राख्दै १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं आएका छन् ।

सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए । उनी अहिले पौने ५ बजेको प्लेन मार्फत काठमाडौं आएका हुन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए । स्वास्थ्यकर्मीको सुझाव अनुसार केसी आफ्नै खर्चमा काठमाडौं गएका सेती प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डाक्टर शेरबहादुर कमरले बताए ।

मंगलबार सम्म माग पुरा नभएसम्म काठमाडौं नजाने अडानमा बसेका केसीलाई बुधबार सिनियर स्वास्थ्यकर्मीले सम्झाएपछि उनी काठमाडौं जान सहमत भएका हुन् । काठमाडौंमा केसीलाई टिचिङ हस्पिटलमा राखेर उपचार दिइने जनाइएको छ ।

स्वास्थ्य समस्या देखिएको भन्दै मंगलबार सरकारी पहलमा डाक्टर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको थियो । तर केसीले सरकारी खर्चमा नजाने अडान लगेपछि उनलाई ओसार्न धनगढी पुगेको नेपाली सेनाको एयर ट्रक काठमाडौं फर्केको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्