प्रधानमन्त्रीको भारत भ्रमण: हल्ला धेरै, सल्लाह कम !

खबर बुक
  • ख-
  • ख+

‘मैले जाँदा जे भनेर गएको थिएँ, त्यो पुरा भएको छ । महत्वपूर्ण र दूरगामी सहमति र सम्झौता भएका छन् ।

विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रूपमा भ्रमण परिणाममुखी भएको छ,’ चार दिने भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्रारिाष्ट्रय विमानस्थलमा शनिबार प्ररधानमनत्री प्रचण्डले भने । प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्केपछि दिएको यो अभिव्यक्ति कुनै नौलो भने होइन ।

यसअघि उनी वा अरु प्रधानमनत्रीले पनि दिने प्रतिक्रिया यस्तै हुन्थ्यो । अझै उनले भारतमा रहँदै पनि भ्रमण सफल, ऐतिहासिक र उपलब्धीमूलक रहेको प्रतिक्रिया दिइसकेका थिए । जुन यसअघि सबैले भन्दै आएको कुरा हो । उनले भनेजस्तै भ्रमण साच्चै ऐतिहासिक र उपलब्धीमूलक भएकै हो ? यो आलेखमा यसै विषयमा चर्चा गर्ने छौँ । सुरुमा चर्चा गरौँ भारतमा भ्रमणमा सकारात्मक के के काम भयो ।  स्वयं प्रधानमन्त्रीकै शब्दमा भ्रमणमा जाँदा उनी आशा, विश्वास र अविश्वास बोकेर भएका थिए । जुन केही दलसम्म आशा र विश्वासमा परिणत भएको छ ।

उनकै शब्दमा ‘भ्रमणपछि दुई देशबीच विश्वासको वातावरण बनेको छ । केही हदसम्म भए पनि अविश्वास हटेको छ ।’ केही दूरगामी महत्वका सम्झौता भएका छन् । केही महत्वपूर्ण विषयमा सहमति र प्रतिवद्धता आएका छन् । भ्रमणको ठूलो उपलब्धी भनेको विद्युत व्यापारका भएका सहमति र प्रतिबद्धता हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । यसबाहेक भ्रमणका क्रममा नेपाल र भारतबीच पारवहन सम्झौता नवीकरण गर्ने, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पु¥याउने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको डिपिए गर्ने, फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्टमा आपसी सहकार्य गर्नेलगायत सात बुँदामा सम्झौता भएका छन् । जुन भ्रमणका सकारात्म पाटो हुन् ।

अन्तर्राष्ट्रिय उडान गर्न नेपालले भैरहवा, नेपालगन्ज र महेन्द्रनगर थप रुटमा भारतको सहमति खोजेको थियो । त्यसमा भारतले आनाकानी गरिरहेको छ । भारतले नयाँ हवाईको अनुमति नदिँदा रूपन्देहीको भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प जस्तै बनेको छ । यसमा ठूलो उपलब्धी हात लागेन । तर, ‘लो अल्टिच्युड’ उडानका लागि मात्रै समझदारी बनेको छ, जुन सकारात्मक नै छ । नेपालको प्राथमिकतामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा यसपाली पनि रटान मात्रै देखियो । एक महिनाभित्र डीपीआर बन्ने र एक वर्षभित्र लगानीको मोडालिटी तय गरेर आयोजना बनाउन् भनिएको छ । यो पुरा भयो भने विगतको तीतो अनुभवलाई किनारा लगाउने वातावरण बन्न सक्छ ।

 


सीमा समस्याबारे नयाँ विवाद
नेपाल–भारतबीचको अर्को ठूलो समस्या हो सीमा विवाद । यसमा कालापनी, लिपुलेक र लिम्पियाधुराको विवादले थप समस्या सिर्जना गरेको छ । यसपालिको वार्ताबाट सीमा विवाद सुल्झाउन भारत प्रतिबद्ध रहेको सन्देश आउनु आफैंमा सकारात्मक छ । तर, । लामो समयदेखि थाती रहेको सीमा विवादबारे यसपाली पनि कुनै प्रगती भएन । तर यसैबीच प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा नेपाली पत्रकारहरूसित ‘कालापानीको विवाद समाधानको एउटा विकल्पका रूपमा नेपालले बंगलादेश जाने बाटो (भूमि) मा सहमति गर्न सकिने अभिव्यक्ति दिएका छन् । तर, भ्रमणका क्रममा दुई देशको सीमा सम्बन्धी समस्याबारे खुलेर छलफल भएको प्रधानन्त्री प्रचण्डले बताएका छन् । सीमा विवाद कुटनीतिक संयन्त्रमार्फत् नै समाधान गर्नुपर्नेमा भारतसमेत यतार भएको उनकव् भनाइ छ । जुन नौलो होइन । सीमा विवाद समाधानको चर्चा भइरहँदा उहाँकै एउटा अभिवयक्तिले नेपालमा थप समस्या निम्त्यिाएको छ । प्रधानमन्त्री प्रचण्डले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल एउटा विकल्प हुन सक्ने भनेर दिएको अभिव्यक्तिले नेपालमा हलचल ल्याइदिएको छ । सडकदेखि सदनसम्म यसले चर्चा पाएको छ । उनको यो अभिव्यक्ति यति महँगो पर्यो कि संसद्मा जवाफ दिने बनाएको छ ।

इपीजीबारे घिसिपिटीमात्रै
नेपाल र भारतबीच भएका समस्या र समाधान खोज्न गठित नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म बुझ्न मानेका छैनन् । समूहले नेपाल र भारतमा पटक–पटक बैठक र छलफल गरेर दुई देशबीचको समस्या र समाधानका उपायसहितको प्रतिवेदन तयार पारेको थियो । भ्रमणमा यसबारे पनि चर्चा हुने ठानिएको थियो । तर छलफलसम्म भएन ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा प्रवुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषयकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको भन्दै निरिहता प्कट गरेका छन् । ‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन,’ उनले भनेका छन् ।
हल्लै बढी
भ्रमणमा केही उपलब्धी भएन भन्ने होइन । तर, हुनुपर्ने धेरै कुरामा भ्रमणमा कुरा भएन । भारतको नयाँ संसद्मा राखिएको अखण्ड भारतको नक्साबारे नेपालमा कुरा उठेको थियो । जुन भारत भ्रमणमा प्रचण्डले उठाएनन् । यद्यपि नेपाल फर्किएपछि प्रचण्डले अखण्ड भारतको नक्शा सांस्कृतिक रहेको जवाफ पाएको बताएका छन् ।
भ्रमणमा प्रवासी नेपालीका समस्याबारे कतै पनि कुरा उठेन ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा प्रचण्डले छोरी गंगा दाहाललाई छेउमा राखेको विषयले आलोचना खेप्नु पर्यो । जबकि डोभालले भने विदेश सचिव विनयमोहन क्वात्रालाई राखेका थिए । नेपालको कूटनीतिक मर्यादामा विदेशी प्रतिनिधिसँग भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राख्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्ड भारतमा रहँदा पूर्वप्रधानमन्त्रीलाई भेटेनन् । यति मात्रै होइन उनले विपक्षी दलका नेताहरू पनि भेटेका छैनन् । विपक्षी दलका नेतालाई नभेट्दा नेपालका प्रधानमन्त्री अनुदार भएको आरोप लागेको छ ।

चारदिने भ्रमणमा उनले गरेको तीर्थाटन पनि आलोचनाको विषय बन्यो । उज्जैनस्थित महाकालेश्वर मन्दिरमा उनले गेरुवस्त्र धारण गरेर पूजा अर्चना गरेका थिए । भारत भ्रमणका क्रममा प्रचण्डले गेरुवस्त्र लगाएर महांकाल मन्दिरमा पूजाआजा गरेको दृश्य पनि चर्चित बन्यो । ईश्वरका नाममा शपथसमेत नलिने उग्र कम्युनिस्ट धङधङी बोकेका प्रधानमन्त्री प्रचण्ड गेरुवस्त्र लगाएर एकाएक पूजा गरेपनि उनकै एकताका सहकर्मी डा. बाबुराम भट्टराईले व्यंग्य गरेका छन् । उद्यपि उनले स्वदेश फर्किएपछि ‘महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ ।

मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्नेभो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ? भनेर प्श्न गरेका छन् । प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई ‘राजकीय’ भनिरहेका बेला उनको भ्रमण ‘औपचारिकतामै’ मात्रै रह्यो । सारमा भ्रमणमा हल्ल धेरै सल्लाह कम भयो । हल्लैहल्लाको भ्रमणमा भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगा उपलब्ध गराएको विषयले चर्चा पायो । जुन भ्रमणको उपलब्धी थिएन । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार राँगा उपलब्ध गराइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्