कोशी प्रदेश: आन्दोलनकारीसँग वार्ता गर्न सांसदहरूको माग

खबर बुक
  • ख-
  • ख+

विराटनगर , १४ जेठ । कोशी प्रदेशा सांसदहरूले आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन माग राखेका छन् ।

कोशी प्रदेशको आज बसेको प्रदेशसभा बैठकको शून्य समयलाई सम्बोधन गर्दै उनीहरुले यस्तो माग राखेका हुन्।

नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा  नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर बिर्सिएको बताउनुभएकाे छ ।

उहाले अगाडि बढ्दा बढ्दै मानिसले बोल्ने अधिकार नपाउने पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र  जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेशलाई शान्त बनाउन चाँडै वार्तामा बोलाउनुपर्ने जोड दिनुभयाे ।

यस्तै, नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले कोशी प्रदेश नाम आएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको बताउनुभयाे । उहाले आफू पनि पहिचानको  भूगोल, सभ्यतामा रहेकाले वार्ताको पक्षमा बोलाउन माग राख्नुभएकाे छ । उहालेले आन्दोलनको क्रममा घाइते भएकालाई  सरकारसमक्ष उपचारको माग समेत राख्नुभएकाे छ।

नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पुनः नामकरणको आन्दोलनले आफ्नो परिचय लुकाएर हिँड्न पर्ने अवस्था आएको बताउनुभयाे ।

नेपाली काँग्रेसका संसद गोपाल तामाङले प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताउनुभयाे। उहाले हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउँदै उनले  सरकार किन मौन रहेको भन्दै प्रश्न गर्नुभयाे।

बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सांसद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनुपर्नेमा जोड दिनुभयाे ।

कोशी प्रदेशसभा बैठक  भित्र चलिरहँदा बाहिर सडकमा भने  पहिचान पक्षधरको  प्रदर्शन जारी छ। पहिचानवादीको आन्दोलनमा झडप हुँदा आधा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्