लागु औषध खैरो हेरोईन कारोवार गर्ने गिरोह सहित ६ जनालाई पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ जेठ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले अवैध लागु औषध खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोवार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा उनको कारोवारको नेटवर्क पहिल्याउने क्रममा झपाका बिजय लिम्वु, माधव मेचे, विनोद लिम्वु र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उहाले बताउनुभयो ।

त्यस्तै व्युरोले ३ किलो ६ सय ग्राम लागु औषध चरेस सहित थाईल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्