प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

आज देशभर बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने देखिएको छ ।
लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

राति लुम्बिनी लगायत देशका पहाडी भूभागका थोरै स्थान  र बाँकी  भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।
बुधबार लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्