प्रमुख दलहरुले आउदो चुनावको लागि समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाए

खबर बुक
  • ख-
  • ख+

प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलका प्रतिनिधिहरु आयोग पुगेर समानुपातिक तर्फको बन्दसूची बुझाएका हुन् ।

निर्वाचन आयोगले बन्दसूची बुझाउन आइतबार र सोमबारको दिन तोकेको थियो ।

बन्दसूची असोज १६ गतेसम्म सच्याउन मिल्ने भएकाले बुझाइएको नाम नै अन्तिम भने नहुने आयोगले जनाएको छ । बन्दसूची बुझाउदै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले अव माहौल निर्वाचन मय भएको बताउनुभयो ।

उहाले कांग्रेस नयाँ दृष्टिका साथ जनतामा जाने बताउनुभयो ।

त्यस्तै माओवादीका नेता बर्षमान पुनले सत्तागठबन्धनलाई कायम राखि निर्वाचनमा जाने प्रतिवद्धता जनाउनुभयो ।

उहाले नेपाल समाजावादी पार्टीलाई पनि माओवादीकै चूनाव चिन्हबाट निर्वाचन लड्ने र समानुपातीक सूचीमा पनि संगै रहेको जानकारी दिनुभयो । उहाले सूचीमा यसअघि समानुपातीकमा परेका र स्थानीय तहमा निर्वाचनमा उठेकालाई पनि सूचीमा नरहेको बताउनुभयो ।

त्यस्तै एमालेका नेता निरज आचार्यले यसअघि समानुपातीकमा रहेका पुराना कोहिलाई पनि नदोहराएको बताउनुभयो ।

आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् ।

निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै झण्डै २० हजार हुने आयोगको अनुमान छ ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ ।

यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिने आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार असोज ४ देखि ९ गतेसम्म दलले बुझाएको बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ ।

आयोगबाट जानकारी पाएपछि १० देखि १६ गतेसम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्