संविधान दिवसको अवसरमा आज ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सार्वजनिक गरेको नामावली अनुसार यस पटक ‘नेपाल रत्न’ स्वर्गीय पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।
‘राष्ट्र गौरव’ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष र सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।