काठमाडौं, असोज २
परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित आइतबार जितिया पर्व मनाइएको छ ।
मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्व आइतबार काठमाडौंमा पनि मनाइएको हो । थारु महिला समाज, नेपाल र थारु महिला समाज उपत्यका समितिले आइतबार काठमाडौंको पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया पर्व आयोजना गरेको थियो । जितिया पर्वको मुख्य दिन निराहार व्रत बसेर विधिवत् रुपमा पर्वको समापन गर्ने गरिन्छ ।
परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईवासी मधेसी र थारु महिलाले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक एवम् विशिष्ट पहिचान भएको पर्वका रुपमा मनाइन्छ ।












