बाजुरामा भूकम्पको अर्को धक्का महसुस

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ वैशाख । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसअघि, यही वैशाख १८ गते सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्