विवाह हुन एक हप्ता बाँकी रहँदा युवतीले गरिन् आत्महत्या

न्युज कारखाना
  • ख-
  • ख+

भक्तपुर, २१ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुुकी २४ वर्षीया सुस्मिता खड्काले आत्महत्या गरेकी छन् । २८ वैशाखमा विवाह मिति तोकिएकी खड्काले बिहीबार झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

काठमाडौ दक्षिणकाली नगरपालिका ८ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ९ बस्ने  २८ वर्षीय मनोज अधिकारीसँंग  सुस्मिताको विवाह तय भइसकको थियो ।

तर, बिहीबार आफ्नै घरको फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई झुण्डी आत्महत्या गरेको अवस्था सुस्मितालाई भेटिएको परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।

उनको साथबाट भेटिएको सुुसाइड नोटमा आफैंले आत्महत्या गरेको र पिर नगर्न भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्