नगर क्षेत्रमा विज्ञापन गर्न अनुमति लिन महानगरको निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ वैशाख । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न विज्ञापनदातालाई निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै मापदण्ड पूरा गरेका विज्ञापनदातालाई १५ दिनभित्र निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन दिन अनुरोध गरेको हो ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापनदाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ ।

त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापनदाता वा घर जग्गाधनीबाट असुल उपर गरिने ब्यहोरा सूचनामा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्