सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दु:ख व्यक्त

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १९ वैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका  सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ ।

महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र  उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्