बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १९ । बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् ।

जिल्लाको सुर्मा गाउँपालिका(१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए ।

उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्