पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी सडकखण्डमा एकतर्फी सवारी साधन सञ्चालनमा

खबर बुक
  • ख-
  • ख+

धादिङ, १९ वैशाख । पृथ्वी राजमार्गस्थित धादिङको धुनीवेशी नगरपालिका ६ धार्के सडकखण्डमा एकतर्फी सवारी साधन सञ्चालनमा आएको छ ।

सोमबार धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलामाथिको मोटरेबल पुल भासिएपछि अवरुद्ध भनेको सवारी आवागमन मंगलबार बिहानबाट एकतर्फी चल्न थालेको हो ।

आलोपालो सवारीसाधान आउजाउ गराइएको छ । पुलमा जालिभित्र ग्याविन भरी ग्राबेल गरेर एक लेनमा सवारीसाधनलाई आलोपालो चलाउन थालिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्