काँग्रेसले जन चाहना अनुरूपको वैचारिक पाटी सङ्गठन बनाउनुपर्छः नेता सिंह

खबर बुक
  • ख-
  • ख+

दोलखा, १८ वैशाख । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बदलिँदो परिस्थितिमा जन चाहना अनुरूपको वैचारिक पाटी सङ्गठन बनाउन नसके काँग्रेसका लागि आगामी दिन झन् मुस्किल पर्ने बताउनु भएको छ ।

नेपाल  ट्रेड युनियन दोलखा जिल्लाको नवनिर्वाचित कार्यसमितिको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताउनु भएको हो । काँग्रेसको सङ्गठन लाई समय अनकुल रूपान्तरण गर्न जरुरी भएको बताउनु भएको छ ।

पछिल्लो समय झनझन जटिल बन्दै गएकाले तमाम चुनौती लाई सामना गर्न सक्ने सशक्त पाटी निर्माणमा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । काँग्रेसको पाटी सङ्गठन अहिले जसरी चलेको छ यसमा सुधारको खाचो रहेको भन्दै विधि प्रक्रिया लाई बेवास्ता गर्दा अहिले  अवस्था आएको  भन्दै उहाँले सबैले पाटीको विधि प्रक्रियामा चल्न जोड दिनुभएको छ ।

उहाँले राजनीतिमा सबै खाले उतारचढाव आउने भएकाले हतोशाहित नभई क्रियाशील हुन पनि आग्रह गर्नु भएको छ । राजनीति कर्ममा लागे पछि झन्झट नमानी जनताको सुख दुःखमा साथ दिएर जनताको मन जित्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै,नेता सिंहले दोलखा जिल्ला पाटी नेता कार्यकर्ताहरू सँग छलफल समेत गर्नु भएको छ ।  कार्यक्रममा नेपाली काँग्रेसका नेता वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी दोलखा पाटी सभापति बर्मा लामा लगायतले पछिल्लो राजनीति अवस्थाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो  ।कार्यक्रम नव निर्वाचित नेपाल ट्रेड युनियन दोलखा जिल्ला कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्