दुई साता देखी बेपत्ता आमाछोरा अझै फेला परेनन्

खबर बुक
  • ख-
  • ख+

तनहुँ, १८ बैशाख । दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन ।

दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि  बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए । श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि  खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए ।

भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भए पछि नेपाल आएका थिए । आफान्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरे पछि खोजि गरिदिन उनले अपिल गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्