आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ वैशाख  । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए ।

कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्