कञ्चनपुरमा नाबालिग करणी आरोपमा युवक पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

धनगढी, १५ वैशाख । नाबालिग करणी आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । करणी  घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने काम भएको बताइएको छ ।

बुधबार मध्यरातमा नाबालिगलाई आरोपित युवकले घर नजिकको खेतमा जबरजस्ती करणी गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। पीडित परिवारले एक जना युवकविरुद्ध उजुरी दिएको बताइएको छ । भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन् ।

उनलाई गाँउकै एक युवकले राति घरबाटै लगेर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । पीडित र पिडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्