परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा भएको भट्टराईको भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यसले परम्परागत राजनीतिक शक्तिमाथि चुनौती खडा गरेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले युवा पुस्ताको विद्रोहको लहर आएको र बालेन शाह र हर्क साम्पाङहरू त सानो झिल्को मात्र रहेको बताउनुभयो । यसलाई सम्बोधन गर्न नसके गाउँठाउँमा त प्रभाव नपर्ला, तर शहरी क्षेत्रहरूमा त्यति सहजै चुनाव जित्ने अवस्था नरेको उहाँको भनाइ रहेको थियो । भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको पनि बताउनुभयो ।

राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिले सम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्