भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ वैशाख ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्या समाधान गर्न सम्भव भएको बताउनु भएको छ ।

आज भूमि आयोगका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले  भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन समेत दिनुभयो ।

गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई गम्भीरताका साथ बुझेर काम गर्न पनि निर्देशन दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री दाहालले सुकुम्वासी, अव्यवस्थित बसोबासी लगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन अगोगका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

उहाँले धेरै वर्षदेखि एउटै समस्यामा अल्झिरहेकाले त्यसलाई सदाका लागि समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्