अछामका पहिरो पिडितलाई तत्काल उद्धार र राहतको व्यवथा गर्न एमाले नेता रावलको सरकारसँग माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

नेकपा एमालेका नेता भीमबहादुर रावलले अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गर्नुभएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र धेरैको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि ध्यानाकर्षण गराउनुभएको हो । उहाले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पु¥याउने काम गर्न आग्रह गर्नुभयो ।

त्यस्तै सांसद यज्ञबहादुर बोगटीले सोही जिल्लाको बाढीपीडितको उद्धार र राहतका लागि तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्