राजनीतिप्रति विस्तारै युवाहरुको चासो बढ्नु सकारात्मक हो :नेता सिंह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अहिले आफ्नो क्षेत्रका विभिन्न तह र तप्काका नागरिकको मनोभावना मिहिन ढँगले बुझिरहेका छन । सो क्रममा आज उनले काठमाडौं १ का युवा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।

छलफलमा सहभागि विद्यार्थीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षाहरु नेता सिंह सामु राखेका छन् । लोकसेवा आयोगको परिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने, शिक्षाका लागि विदेश जाने ट्रेन्ड रोक्नुपर्ने, नेपालमा रहेको करको दर घटाउनुपर्ने, नीजि सवारी साधन किन्दा धेरे पैसा विदेशिँदा देशको अर्थतन्त्र कमजोर बनेकाले त्यसलाई निरुत्साहित गर्दै सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने र ऐन कानुन व्यवहारिक बनाइनुपर्नेमा उनीहरुको जोड थियो ।

त्यस्तै, शिक्षा प्रयोगात्मक बनाउनुपर्ने, कलेजले लिइरहेको मनपरि शुल्क नियन्त्रण गर्नुपर्नेमा केही जोड थियो भने केही युवा विद्यार्थीहरुले बालबालिकालाई कुलतबाट जोगाउन धुम्रपान र मद्यपान बालबालिकालाई बेच्न नमिल्ने नियम ल्याउनुपर्नेतर्फ पहल गर्न आग्रह गरे । उनीहरुले आफ्नो क्षेत्रका सांसद सिंहलाई आफुसँगको अपेक्षाबारे पनि प्रश्न गरेका थिए ।

जवाफमा नेता सिंहले विदाको दिनमा समय दिएर कार्यक्रममा सहभागि भएकोमा युवा विद्यार्थीलाई धन्यवाद दिँदै आजको छलफल शुरुवात मात्रै भएको बताए । उनले राजनीतिप्रति विस्तारै युवाहरुको चासो बढ्नु सकारात्मक रहेको बताए । “युवालाई राजनीतिमा वास्ता छैन भनिन्थ्यो । तर, हालसालैका घटनाक्रमले युवाहरुलाई पनि चासो छ भन्ने देखाएको छ । यहाँहरुले दिनुभएको सुझाव र राख्नुभएको मुद्धा अत्यन्त सान्दर्भिक छ । अब संसदमा तपाईहरुले दिएको सुझाव र यही पुस्ताको सुझाव लिएर जान्छु । तपाईंहरुले उठाउनुभएका विषय कार्यान्वयन गराउने प्रतिवद्धता रहेको नेता सिंहले भने । ”

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्