बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै

खबर बुक
  • ख-
  • ख+

बारा, १२ वैशाख । बारा–२ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै रहेको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार जसपाका यादवले १३ हजार ८ सय ४ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ९ हजार २ सय ३१ तथा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ४ हजार ५ सय ७० मत प्राप्त गर्नुभएको छ ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले २ हजार ३१ मत प्राप्त गर्नुभएको छ ।

अहिले मतगणना जारी छ । आइतबार भएको निर्वाचनमा बारा–२ मा ६८ हजार ८ सय ८७ मत खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्