चितवनमा सर्वदलीय बैठक सुरू, कांग्रेसकाे मागमा छलफल हुदैँ

खबर बुक
  • ख-
  • ख+

चितवन, ११ बैशाख । चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन ।प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बिरुद्ध परेको उजुरी माथी निर्णय नगरी मतगणनामा नबस्ने नेपाली कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।

आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्