देवघाटको मतपत्र पुगेपछि तनहुँ १ को मतगणना सुरु गरिने

खबर बुक
  • ख-
  • ख+

चितवन, १० वैशाख । तनहुँ क्षेत्र नम्बर १ को मतगणना आजै साँझबाट सुरु गरिने भएको छ । चुनाव सकिएलगत्तै मतपत्र सदरमुकाम ल्याउने प्रक्रिया सुरु गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले बताए ।

तनहुँ १ को देवघाट गाउँपालिकाको मतपत्र ल्याउन केही समय लाग्ने उनले बताए । त्यहाँबाट मतपते आउनासाथ सर्वदलीय बैठक बसी गणनाको काम थालिने जानकारी उनले दिए ।

मतगणना तनहुँको जिल्ला समन्वय समितिको हलमा हुनेछ । यस क्षेत्रमा ६३ हजार ७५७ मत खसेको छ । यो कुल मतदाताको ५१ प्रतिशत हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्