संविधान दिवसको अवसरमा एमालेको पदयात्रा आज

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेले संविधान दिवसको अवसर पारेर काठमाडौंमा बृहत पदयात्रा सुरु गरेको छ ।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन भन्दै एमालेको पदयात्रा बिहान ७ बजेबाट बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरु भएको होे ।

पदयात्रामा पार्टी अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित सहभागि हुनुभएको छ । पदयात्राको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी अध्यक्ष केपी ओलीले वसन्तपुरमा सम्बोधन गरी कार्यक्रम समापन गरिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम समुदायलाई सहभागिताका लागि आह्वान गरिएको उहाँको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्