काठमाडौं, बैशाख ९ । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ ।
आन्दोलनरत पक्षले रोडशेष चोकबाट दक्षिण तर्फको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरीका तीन जना, सशस्त्र प्रहरी बलका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार आन्दोलरत पक्षका ४ जना सामान्य घाइते भएका छन् । आन्दोलरत पक्षले भने ६ जना सामान्य घाइते भएको बताएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि ८१ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक पोखरेलेले बताए । निषेधित क्षेत्र तोडेपछि अश्रुग्यास प्रहार गरेको उनले बताए ।











