बारा, ६ वैशाख । आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो ।
मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा बन्द गरिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डले जानकारी दिनुभयाे ।
त्यस्तै मदिरा बिक्री वितरण गरेमा वा मदिरा खायर कसैले र्सावजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।











