समयमा पूर्णता पाउन नसक्ने सरकारबाट जनताले के आशा गर्नेः भिमप्रसाद आचार्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ५ वैशाख ।  नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केहि आशा गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै आचार्यले सरकारलाई पूर्णता दिन कति वर्ष लाग्छ भन्दै समयमा नै पूर्णता पाउन नसक्ने सरकारबाट जनताले केहि आशा गर्न नसक्ने बताउनुभएको हो ।

उहाले संसद भनेको सरकार बनाउनका लागि प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै नभएको भन्दै सरकारले आफ्ना कार्ययोजनाहरु प्रष्ट रुपमा राख्नुपर्ने बताउनुभयो । उहाले सरकारले आफ्नो जवाफदेहीता संसदप्रति देखाउनुपर्ने भएकाले आफुखुसी हिड्ने छुट कसैलाई नरहेको जिकिर गर्नुभयो ।

उहाले मुलुकको व्यवस्थालाई उल्टाउने प्रयास भएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ती जनाउदै सरकारमा बसेका व्यक्तिहरुले जनताको आशा पुरा गर्न नसके मात्रै उपलव्धी गुम्ने खतरा हुने धारणा राख्नुभयो ।

उहाले संघ सरकारको कामका कारण प्रदेश सरकार अपांग जस्तो भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्