सुनको भाउ आज पनि स्थिर, चाँदी घट्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ५ वैशाख । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदीको तोला ३५ रुपैयाँले घटेर १४ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्