कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

धनगढी, ४ वैशाख । कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ मिलिग्राम लागुऔषध र नगद १४ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका–३ का २५ वर्षीय निराजन बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट म.२ प ४०३८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

त्यस्तै कैलालीका भजनी नगरपालिका–५ कव्वाखेडाबाट पनि लागुऔषधसहित प्रहरीले सोही नगरपालिका–३ कनैयापुरका १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनको साथबाट ३ ग्राम ८० मिलिग्राम लागुऔषध बरामद भएको हो । ती किशोर भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला उक्त पदार्थसहित फेला परेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्