काठमाडौं, बैशाख १ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा धर्मकीर्ति विहारले आयोजना गरेको विशेष सामूहिक धम्मपूजा कार्यक्रममा बोल्दै श्रेष्ठले प्रदुषित देखिएको राजनीतिबाट जनतालाइ मुक्त गराउनका लागि राजनीतिलाई सफा गरेर देश बनाउनुपर्ने बताउनुभएको हो । उहाले राजनीतिक प्रणाली र व्यवस्थामा परिवर्तन मात्रै ठूलो कुरा नभएको भन्दै यसलाई व्यवहारमा उतार्नुपर्नुपर्ने र त्यसको लागि प्रदुषित राजनीतिलाई सफा गर्नुपर्ने बताउनुभयो । आफु पनि राजनीतिक सन्यासी भएको र अलि अलि भएको व्यक्तिगत सम्पती पनि पार्टीलाई दिने घोषणा गरेको उहाले बताउनुभयो ।
श्रेष्ठले अहिले निस्वार्थ व्यक्तीहरुलाई राजनीतिमा आउन प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । उहाले मानव जिवनमा ध्यानको निकै महत्व रहेको भन्दै गृहमन्त्रामाय र प्रहरी संगठनभित्र ध्यानलाई नियमित गराउने प्रयन्त गर्ने जिकिर गर्नुभयो ।











