मोदी इनर्जीको आईपीओ बाँडफाँट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ चैत  । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि उक्त आईपीओ फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म जारी गरेको थियो ।

कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरूमा आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्