हत्या गरेर ह्युम पाइपभित्र शव फाल्ने एक महिलासहित तीन जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

झापाको अर्जुनधारा नगरपालिकामा हत्या गरेर ह्युम पाइपभित्र शव फाल्ने एक महिलासहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा अर्जुनधारा-७ की ३२ वर्षीया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान् बिर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र-१० का २५ वर्षीय सुरेश परियार रहेका छन्।

असार १२ गते अर्जुनधारा-४ को सहासी टोलस्थित कच्ची सडकखण्डको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकिएको अवस्थामा शव फेला परेको थियो।

मृतकको साथमा फेला परेको भारतीय आधारकार्डको आधारमा ‍भारत अहमदाबाद गुजरातका ४० वर्षीय जपडिया नरेशकुमार बाबु भाईको रहेको पुष्टि भएको थियो।

बोरामा फेला परेको शवको पहिचान भएसँगै प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको हो।

तीनै जनालाई शनिबा इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए। उनका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्