विद्यार्थीहरूको पहिलो रोजाई बन्दै क्यानडा

खबर बुक
  • ख-
  • ख+

उच्च शिक्षा अध्ययन गर्नको लागि विदेश जाने विद्यार्थीहरूको लागि अहिले क्यानडा पहिलो प्राथमिकतामा पर्न थालेको छ । कोरोना महामारी पश्चात क्यानडाले विदेशी विद्यार्थीहरूको लागि विभिन्न नीति ल्याएसँगै नेपाली विद्यार्थीहरु माझ क्यानडा लोकपिय बनेको हो ।

विद्यार्थीले पढ्न मात्र नभइ रोजगारीको पनि अवसर पाउने भएकाले पनि युवा पुस्ता क्यानडा तर्फ आकर्षित भएको क्यानडियन स्टडी सेन्टर्, चितवनका सञ्चालक विशाल अधिकारी बताउँछन्। अधिकारीका अनुसार क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि राम्रो सेवा सुविधा उपलव्ध छ । अध्ययन शुल्क र ट्युसन फी पनि अन्य देशहरूको तुलनामा सस्तो पर्छ।

आफ्नो चाहनाअनरूप उचित शैक्षिक शूल्क, छात्रवृत्तिको सुविधा पाउन सकिने भएकोले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य बनेको अधिकारीको बुझाई छ ।

क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन् । पढाइसँगै छिटै काम गर्ने अनुमति पनि पाइने र पढाइ सकिएपछि नै पिआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा पछिल्लो समय नेपाली विद्यार्थीहरूको रोजाइनमा पर्न सफल भएको हो । अहिले क्यानडा जाने नेपाली विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ ।

क्यानडा भिसाको भरपर्दो माध्यमको रुपमा चिनिएको क्यानडियन स्टडी सेन्टरले बिगत लामो समय देखि सेवा प्रदान गर्दै आएको छ। काठमाडौ भित्र नयाँ बानेश्वर, सेतोपुल मैतिदेवी, बाघबजार अनि काठमाडौ बाहिरबाट चितवन, बुटवल लगायत नेपालका विभिन्न स्थानबाट क्यानडियन स्टडी सेन्टरले सेवा प्रवाह गर्दै आइरहेको छ।

उक्त सेन्टरको माध्यमबाट हालसम्म पाँच हजार भन्दा बढी विद्यार्थी क्यानडा पुगिसकेका छन् । यस सेन्टरले अध्ययन भिसामा क्यान्डा जान इक्छुक विद्यार्थीहरूलाई डकुमेन्टेशन, भिसा गाइडेन्स मात्र नभई आइ.एल.टि.एस, पि.टि.इ. क्लास लगायतका सेवा प्रधान गर्दै आएको क्यानडियन स्टडी सेन्टर, चितवनका सञ्चालक विशाल अधिकारी बताउँछन्।

कति चाहिन्छ स्‍कोर

क्यानाडाका विभिन्न सामुदायिक कलेज र विश्वविध्यालयहरुमा डिप्लोमा र स्नातक तहमा अध्ययन गर्न अड़ेजी भाषा परीक्षा आइ.एल.टि.यस को प्रत्येक मोड्युलमा कम्तिमा ६ र औसतमा ६.५ वा पि.टि.ई परीक्षाको प्रत्येक मोड्युलमा कम्तिमा ५५ र औसतमा ५८ भन्दा बढी अङ्क ल्याएको हुनुपर्छ । उक्‍त अङ्क पाएका विद्यार्थीहरूले सन् २०२३ इन्टेकको लागी डिप्लोमा, ब्याच्लर्स, पोस्ट ग्याजुएसन र मास्टर्स लगाएतका कोर्सको आबेदन दिन सक्छन् ।

बजारमा डिप्लोमा पढ्न जाँदा भिसा नदिने हो कि भन्ने अन्योल पनि हुन्छ । मास्टर्स डिग्री हासिल गर्न जाँदा खर्च धेरै लाग्छ भन्ने पनि जिज्ञासा सुनिन्छ । तर, यी सबै निराधार हल्लाहरू भएको अधिकारी बताउँछन् ।

नेपालमा निश्चित अध्ययन तह पुर गरी काम गर्दै आइरहेका वा ग्याप भएका विधार्थीहरुले पनि क्यानाडा अध्ययन भिसा आवेदन दिन सक्नेछन् । सबै कागजातहरू राम्रोसँग मिलाएको र प्रक्रिया पुरा गरेको खण्डमा क्यानडाको भिसा पाउन गाह्रो छैन । क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ । अध्ययनको क्रममा ग्याप हुनुहँदैन ।

कति लाग्छ खर्च ?

एक वर्षको ट्युसन फि पहिले नै तिर्ने र आवश्यक कागजातहरू राम्रोसँग तयार गर्न सके क्यानडाको लागि भिसा सजिलै लाग्छ । क्यानडा जान लाग्ने खर्च विद्यार्थीले रोज्ने कोर्स र युनिभर्सिटी वा कलेज अनुसार फरक पर्ने गर्दछ । सामान्यतः क्यानडा अध्ययनका लागि जान १८ देखि २२ लाख खर्च लाग्छ ।

हप्तामा कति काम गर्न पाइन्छ ?

क्यानडामा अध्ययन पछि बिद्यार्थीले पाउने पोस्ट ग्रयाजुएसन वर्क पर्मिट अन्तर्गत बिद्यार्थीले फुल टाइम काम गर्न पाउने ब्यबस्था छ। त्यस्तै अध्ययन गरिरहेका विद्यार्थीले २० घण्टा र बिदाको समयमा ४० घण्टा काम गर्न पाउने ब्यवस्था गरिएको छ।

पिआर लिन सजिलो

विदेशमा नै स्थायी रूपमा बसोबास गर्न चाहनेका लागि क्यानडा राम्रो गन्तव्य हन सक्छ । त्यहाँ गएको तीन देखि पाँच वर्षभित्र पिआर प्राप्त गर्न सकिन्छ । बसोबासका लागी अनुकूल मौसम र पढाइसँगै पाइने कामको अवसरले पनि क्यानडा नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ । यति मात्रै होइन सर्वसुलभ खर्चमा उत्कृष्ट शिक्षा, उपयुक्त छात्रवृत्ति र सस्तो ट्युसन फी पनि क्यानडा रोज्नुपर्ने कारण भएको देखिन्छ ।

सहि परामर्श लिनु जरुरी

पछिल्लो समय धेरैको रोजाई मा परेको देश क्यानडा पठाउने थुप्रै कन्सल्टेन्सी पनि बजारमा देखिएका छन्, तर सबैले सही परामर्श दिन्छन् भन्ने हुँदैन, त्यसैले कोही पनि विद्यार्थी झुकिएर वा ठगिएर क्यानडा नपुग्न एक पटक सबै प्रक्रिया बुझ्न र भरपर्दो र अनुभव भएका कन्सलटेन्ट्हरुको परामर्श लिन जरुरी हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्