
ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ ।
आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो । सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
उहाले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । उहाले आफुले पहिलो कार्यकालको दोश्रो बर्षदेखि नै अवैध संरचना अटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गर्नुभयो ।
यसअघि महानगरले लगनखेलस्थीत आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।