प्रतिनिधि सभाद्वारा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन ।  प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई पारित गरिएको हो । बैठकमा शहनाज रहमानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

रहमानको ६३ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १७ गते दिउँसो १ बजे बोलाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्