केपी ओली कप: आर्मी र सातदोबाटो ५३ मिनेट पछिको भिडन्तमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ फागुन । वर्षाले रोकिएको केपी ओली कपको सेमिफाइनलको बाँकी समयको खेल आज हुदैँछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी रहदाँ मेघ गर्जनसहित पानी परे पछि त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लब बिच रोकिएको सेमीफाइनल खेल आज हुन लागेको हो ।

खेलको सकिन लाग्दा वर्षा सुरू भए पछि आजसम्मका लागि खेल गरिएको थियो ।  आयोजकका अनुसार दुवै टिमसँगको सल्लाहपछि आज ११ बजे पछि बाँकी ५३ मिनेटपछिको खेल हुनेछ ।आइतवार भएको खेलमा ५३ मिनेटसम्म कुनै टोलीवाट गोलसम्म हुन सकेको थिएन ।

दोस्रो सेमिफाइनलमा भने दिउँसो ३ बजे मछिन्द्र र आयोजक केपी ओली एफसीबीच हुँदैछ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागि छन ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्