सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने कार्यालयलाई खुल्ला गर्ने सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । सरकारले सार्वजनिक बिदाका दिन अत्यावश्यक सेवा प्रवाह हुने कार्यालयलाई खुल्ला गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा घोषणा भएका दिनमा अध्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को प्रशासनिक समितिले खुल्ला गर्नुपर्ने कार्यालयको बिषयमा टुङ्गो लगाउने उहाले बताउनुभयो ।

मन्त्रीपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी चैत १३ देखि १६ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने १० औँ एसिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलबभेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको छ भने चालू आर्थिक बर्षका लागि गहुको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टन ३ हजार ३ सय ५१ रुपैया निर्धारण गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै बैठकले संघीय संसद सचिवालय दर्ता भइ हाल राष्ट्रिय सभामा बिचाराधिन रहेको प्रतिलिपी अधिकार पहिलो संशोधन बिधेयक २०७६ फिर्ता दिन स्वीकृति दिने निर्णय गरेको छ भने राष्ट्रिय तथ्याङ्क कार्यालयको संगठन संरचना र दरवन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्