काठमाडौँ , फागुन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनसहितका समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन बैठक बोलाएको हो ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा मध्यान्ह साढे १२ बजेका लागि बैठक तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गरिने बताउँदै श्रेष्ठले पार्टीको आगामी रणनीतिबारे पनि आवश्यक निर्णय हुने बताए ।











