पातारासीले सबै नागरिकलाई स्वास्थ्य बिमाकाे पहुँचमा ल्याउने

खबर बुक
  • ख-
  • ख+

जुम्ला, ३ फागुन । जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने भएको छ ।  गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका तथा आर्थिक अवस्था न्यून भएका नागरिकहरुलाई स्वाथ्य सेवाको पहुजमा ल्याउने बताएको छ ।

गाउँपालिकाले वर्षमा दुई जना स्थानीयलाई नि:शुल्क एमबीबीएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष  ७ लाख रुपैया प्रदान गरिएको बताएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ का नविन रेउलेलाई एमबीबीएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्