गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै छ : श्याम घिमिरे

न्युज कारखना
  • ख-
  • ख+

महोत्तरी, २७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले गुट उपगुटले धरासायी बनेको कांग्रेस अब बलियो हुँदै गएको बताएका छन् ।

महोत्तरीमा गुट उपगुटले कमजोर बनेको कांग्रेस बलियो हुँदै गएको बताएका प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले  कांग्रेसलाई बलियो बनाउने विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयदेखि  कांग्रेस कमजोर भए पनि पुरानै लयमा फर्किने अवस्था ल्याइपुर्‍याएको उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचनमा बागी बनेर निर्वाचित भएका बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीको समूहको कारबाही फुकुवा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्