टर्की भुकम्पमा हराएका घानाका खेलाडी अस्तु फेला परे

खबर बुक
  • ख-
  • ख+

टर्कीमा साेमवार गएको भूकम्पपछि हराएका भनिएका खेलाडी विंगर क्रिस्टियन अत्सु फेला परेका छन ।

मध्यपूर्वमा गएको शक्तिशाली भूकम्पका कारण तुर्किएमा बेपत्ता भएका घानाको राष्ट्रिय फुटबल टोलीका खेलाडी क्रिस्चियन अत्सु भग्नावशेषभित्र जीवितै फेला परेका छन् । ३१ वर्षीयाको स्वास्थ्यबारे थप विवरण आउन बाँकी छ ।

अस्तु सम्पकबिहीन भएपछि भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको िथयाे । सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।

साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी राखेका थिए । टेस्पोरका ३१ वर्षका अत्सुले गत आइतबार मात्र सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्