वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सन नेपाल खेलाडी परेनन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ माघ ।भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले पहिलो पटक आयोजना गरेकाे वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को अक्सनमा कुनै पनि नेपाली खेलाडी परेनन् ।

नेपालका पाँच खेलाडीले आफ्नो नाम दर्ता गराएपनि सर्टलिष्टमा कुनै नेपाली खेलाडी नपरेका हुन । सो अक्सनका लागि पाँच नेपाली खेलाडी कप्तान रुविना क्षेत्री बेलबासे, अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अश्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले नाम दर्ता गराएपनि सर्टलिष्टमा पर्न नसकेका हुन ।

बिसिसिआईले १ हजार ५ सय २५ खेलाडीले अक्सनको लागि नाम दर्ता गराएका पनि सर्ट लिष्टमा भने ४ सय ९ खेलाडी मात्र परेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्