कागेश्वरी मनोहरा नगरपालिकाको १०० दिन

खबर बुक
  • ख-
  • ख+

कागेश्वरी मनोहरा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको १०० दिन पुरा भएको छ ।

सो अवधी भित्र शुरुवात गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ  ।

जनताको सेवामा १०० दिन नाम दिइएको उक्त पत्रकार सम्मेलनमा नगर प्रमुख उपेन्द्र कार्कीले पदबहाली भए पछि १०० दिन पुरा भएको र सो अवधी भित्र गरिएका महत्वपूर्ण प्रयासहरुको बारेमा उनले जानकारी गराएका छन ।

नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारण गरि शिक्षा स्वास्थ्य खेलकुद ज्येष्ठ नागरिक, युवा तथा महिला सशक्तीकरण, उद्यमशिलताका साथै भौतिक पूर्वाधारको कार्य अघि बढाइएको उनले जानकारी गराएका छन ।

नगर प्रमुख कार्कीले फोहोरमैला तथा बातावरण व्यवस्थापन तर्फ  फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन स्रोतमा नै वर्गीकरणको कार्य अघि बढाउने एवं उपयुक्त प्रविधि प्रयोग गरी नगरको फोहोर नगरभित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाइएको, सार्वजनिक स्थल, मठ मन्दिरको नियमित सरसफाईमा जोड गरिएको, उद्यमशिलता तथा क्षमता विकास तर्फ  निम्न काम र प्रयास  भएको पनि जानकारी दिए ।  त्यसै गरि नगरपालिकाबाट उद्यमशिलता तालिमप्राप्त गरेका महिला उद्यमीहरुलाई व्यवसाय दर्ता शूलक घटाई रु. ५०० कायम गरिएको, नगरपालिका क्षेत्रभित्र क्रियाशिल रहेका बैंक, वित्तीय संघ÷संस्था, संस्थागत विद्यालय तथा व्यवसायिक क्षेत्रहरुबाट सामाजिक उत्तरदायित्व कोष खडा गरी नगरपालिकाको शिक्षा, स्वास्थ्य, उद्यमशिलता र वातावरणको क्षेत्रमा कोषको रकम परिचालन गर्ने व्यवस्था मिलाइएको । र अध्ययन र अनुसन्धान कार्यलाई अघि बढाउन किसुनजी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी आवश्यक रकम सहित कार्य अघि बढाइएको जानकारी दिए  ।

यसै गरि पर्यटन प्रवर्धन तर्फ कागेश्वरी धामको वृहत विकासको कार्ययोजना अघि बढाइएको, वडा नं. ८ स्थित नवतम धाम र वडा नं. ४ स्थित कोल्मतेश्वर धाम र लक्ष्मी ह्याग्रिव मन्दिरको वृहत विकासको लागि कार्ययोजना अघि बढाइएको र नगरपालिका भित्र रहेको परम्परागत रीतिरिवाज, चाडपर्व तथा संस्कृतिको संरक्षण र संवद्र्धनको व्यवस्था मिलाइएको जानकारी गराए  ।

यस्तै सुशासन तर्फ नगरबासीलाई राष्ट्रिय परिचयपत्र दर्ता कार्य छिटो र सरल बनाउन साविकमा भएको अफलाइन सेवालाई अनलाइन मा अपग्रेड गरिएको, मुलपानी नगर अस्पतालमा छिटो तथा सरल सेवा प्रवाहको लागि बिलिंग लगायत अन्य सेवालाई विद्युतीय प्रणालीमा परिवर्तन गरिएको, नगरपालिकाले लिने चालु आ.व. को व्यवसाय कर, घर वहाल कर, सम्पती करमा २०७९ आश्विन मसान्तभित्र दाखिला गर्दा १० प्रतिशत छुटको व्यवस्था गरिएको र नगरपालिकाले गत वर्षसम्मको बाँकी वक्यौता व्यवसाय कर, घरवहाल कर, सम्पती करमा लाग्ने कुल जरिवानामा २०७९ पौष मसान्तभित्र दाखिला गरेमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी गराए  ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्