विन्ध्यवासिनी म्युजिक अवार्डको १३ औँ संस्करण चैत्रमा हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ ।  विन्ध्यवासिनी म्युजिक अवार्डको १३ औँ संस्करण चैत्रमा हुने भएकाे छ ।

विगत लामो समय देखी सम्मान र प्रोत्साहनका लागि फाउन्डेसनद्वारा विन्ध्यवासिनी म्युजिक अवार्ड हुँदै आइरहेकोमा यस वर्ष पनि विन्ध्यवासिनी म्युजिक अवार्ड हुने भएको छ ।

माघ २१ गते सम्पन्न भएको विन्ध्यवासिनी फाउन्डेसनको नवौँ वार्षिक भेलाले मुक्तिनाथ विकास बैङ्क को प्रस्तुति,रमरम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ मा सम्मानित हुने व्यक्तित्वहरूको नाम अनुमोदन गरेको छ ।

विन्ध्यवासिनी फाउन्डेसन का सल्लाहकार तथा नेपाली सङ्गीत क्षेत्रका शिखर पुरुष स्वर्गीय प्रेमध्वज प्रधानको स्मरणमा “प्रेम ध्वज सङ्गीत रत्न सम्मान”बाट रु २५,०० नगद सहित गायक भबीन ढुङ्गानालाई सम्मान गर्ने निर्णय गरेकाे छ ।

सङ्गीत साधना सम्मान २०७९ बाट रु ५०,००० नगदसहित वरिष्ठ गायिका शुकमित गुरुङ, विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९ बाट रु २५,००० नगदसहित पत्रकार नरेश भट्टराई, विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७९ बाट रु १,००,००० नगद सहित सङ्गीतकार प्रकाश गुरुङलाई सम्मान गर्ने निर्णय गरेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्