मधेस सरकारमा माओवादीका दुई मन्त्रीले आज सपथ लिदैँ

खबर बुक
  • ख-
  • ख+

जनकपुर, २४ माघ । मन्त्रालय भागबन्डामा असहमति जनाउँदै यसअघि मन्त्रीमण्डलमा सहभागी नभएको नेकपा माओवादी केन्द्र अन्ततः मधेस सरकारमा सहभागी हुने भएको छ ।

माओवादी संसदीय दलका नेता भरत साहका अनुसार माओवादीका तर्फवाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले मंगलबार १ बजे शपथ लिनेछन ।

मधेसका मुख्यमन्त्री रामसरोज यादवसँग सहमति भएसँगै माओवादीले यादवर अन्सारीलाई सहभागी गराउने निर्णय लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्