“टिका पुन सांगीतिक साँझ” सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” सम्पन्न भएको छ ।

कार्यक्रम २०७९ माघ २१ गते शनिबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।

कार्यक्रममा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको अध्यक्षता रहेको थियो भने उपराष्ट्रपती नन्द पुन पासाङको प्रमुख आतिथ्यता रहेको थियो । “टिका पुन सांगीतिक साँझ” बरिष्ठ गायक नारायण रायमाझी, बरिष्ठ गायक प्रेमराजा महत, नन्द कृष्ण जोशी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, बरिष्ठ लोक गायिका शर्मीला गुरुङ, बरिष्ठ लोक गायिका शिला आले लगायत अन्य थुप्रै कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्