काठमाडौं, माघ २१ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।
केन्द्रीय कमिटी सदस्यहरुलाई १० वटा समूहमा विभाजन गरी समूह छलफल गरिने एक नेताले जानकारी दिनुभयो ।
समूहमा आइतबार विहानसम्म छलफल हुने र समूहको निश्कर्ष पेश गर्ने कार्यतालिका रहेको छ । आज बाट सुरु भएको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।











