सुर्खेतमा गाडी दुर्घटना हुँदा १३ जना घाइते

न्युज कारखना
  • ख-
  • ख+

कालीकोट, १७ माघ ।  सुर्खेतबाट कालीकोटतर्फ आउँदै गरेको फोर्स गाडी दैलेखको रामघाटमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको दैलेखस्थित रामाघाटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  पाँच जना गम्भीर घाइते भएका छन् । अन्य आठ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु र दुई जना चालक गरी १३ जना रहेकोमा सबै जना घाइते भएको प्रहरीको भनाइ छ । घाइतेहरूको पहिचान हुन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्